दफा ७३
सैनिक अदालत बोलाउने अधिकार
(१) सैनिक अदालत बोलाउने अधिकार देहायको अधिकारीलाई हुनेछ ः-
(क) नेपाल सरकारले अन्यथा निर्देशन दिएमा बाहेक प्रधान सेनापति वा निजले अख्तियारी दिएको अधिकृतले जनरल सैनिक अदालत,
(ख) नेपाल सरकारले अन्यथा निर्देशन दिएमा बाहेक देहायका अधिकारीहरूले समरी जनरल सैनिक अदालत ः-
(१) प्रधान सेनापतिले अख्तियार दिएको अधिकृत,
(२) जङ्गी कारबाहीमा लागेको कमाण्डिङ्ग अधिकृत वा निजले अख्तियार दिएको अधिकृत,
(३) सेनाको अनुशासन र आवश्यकतालाई उचित विचार गरी कुनै कसुरको पुर्पक्ष जनरल सैनिक अदालतद्वारा गर्न व्यावहारिक हुँदैन भनी ठहर गर्ने जङ्गी कारबाहीमा लागेको कुनै अङ्गलाई कमाण्ड गर्ने अधिकृत ।
(ग) खण्ड (क) बमोजिम जनरल सैनिक अदालत बोलाउन पाउने अख्तियार प्राप्त अधिकारी वा निजले अख्तियार दिएको अधिकृतले डिष्ट्रिक्ट सैनिक अदालत,
(घ) नेपाली सेनाको विभाग, फर्मेशन वा एकाइको कुनै कमाण्डिङ्ग अधिकृतले समरी सैनिक अदालत ।
(२) सैनिक अदालत बोलाउने अधिकारीले सैनिक अदालत बोलाउनु पर्ने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र सैनिक अदालत बोलाउनु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम अख्तियारी दिँदा अख्तियारवालाले आवश्यकता अनुसार शर्त तोक्न सक्नेछ ।